लोकसेवा परीक्षामा सामेल हुन नपाएपछी एक छात्रद्वारा आत्महत्या

Posted on: 05 Jun, 2018

जेठ २२, एजेन्सी | भारतको कर्नाटकमा लोकसेवा परीक्षामा प्रवेश नपाएपछि २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् ।

वरुण कुमार नाम गरेको उक्त छात्र उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन दिएको थिएन् | उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको दिल्ली पुलिसले जानकारी दिएको छ ।

भारतीय मिडियाको अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्टर पुगेका थिए । सेन्टर गलत भएको थाहा पाएपछि उनी ९ बजेर २४ मा आफ्नो सेन्टर सर्वोदय बाल विद्यालय पुग्दा उनलाई चार मिनेट ढिलो भयो भन्दै प्रवेश गराइएन । त्यहाँ उपस्थिती पुलिसकर्मी र सेन्टर सुपरिन्टेन्डेन्टलाई आग्रह गर्दासमेत उनले परीक्षामा प्रवेश हुन नपाएपछि भाडाको कोठामा फर्किए थिए | उनले आफ्नो सुसाइट नोटमा परीक्षा दिन नपाएकोले गर्दा आत्महत्या गरेको बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!