अमेरिकामा एक नेपाली युवकको मृत्यु

Posted on: 07 Jun, 2018

जेठ २४, काठमाडौं । अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ ।


काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

विवेक चारवर्ष अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए ।

उनले युनिभर्सिटी अफ टेक्सास अर्लिङ्टनको पढाइ सुरु गर्न भन्दा पहिले आफ्नो परिवारसँग भेटघाट गर्न चाहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!