भारतमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on: 08 Jun, 2018

जेठ २५, कञ्चनपुर | भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ । 

होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको अस्पतालमा उपचारका लागि पु¥याइएपछि उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन् । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!