अमेरिका पुगेका प्रहरी महानिरीक्षक खनालले भने:- अब मानव तस्करले उन्मुक्ति पाउने छैनन

Posted on: 24 Jun, 2018

विजय थापा/जुन २३ ,अमेरिका | अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । 

उनले अमेरिकामा रहेकालाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दैमा  मानव तस्करले उन्मुक्ति नपाउने बताए । उनले अगाडी भने यस्ता तस्कर गर्नेहरुका होस् हवास गएको बताउदै अब उनीहरुका दिन गएका बताए । 


खनालले स्वागत कार्यक्रममा उपस्थित सवैको भावनाको उच्च कदर गर्दै कहिले कुठाराघात नगर्ने बताए । आफ्नो सहयोग सदैव सकारात्मक हुने बताउदै जस्तो सुकै कठिनाईलाई छिचोल्ने  र आफुलाई दिएको जिम्मेबारीलाई शिरोधार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले आफ्ना कुराहरु राख्दै अगाडी भने यहाँहरुको शिर कहिले निहुर्याउने छैन भन्दै अमेरिकाका नेपालीले भूकम्प गएको समयमा मातृभूमिलाई गरेको मानवीय सहयोगको प्रशंसा गरे । 

उनले शान्ति सुरक्षाको बारेमा बिशेष जोड दिदै नेपाल पहिला जस्तो सुरक्षाको दृष्टिले भयभित हुनुपर्ने अवस्था नरहेको बताए । उनले अगाडी भने राम्रा काम गर्नेको उजागार गर्ने र नराम्रा काम गर्नेलाई कानुनको कठघरामा उभ्याई कानुन बमोजिम कारवाई गर्न पछि नहट्ने बताए । 


उक्त भेटघाट तथा स्वागत कार्यक्रममा डिसी महानगर क्षेत्रका विभिन्न पेशामा संलग्न बिशेष व्यक्तित्व तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो । 

महानिरीक्षक सर्बेन्द्र खनाल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८मा नेपालको तर्फबाट सहभागी हुन न्यूयोर्क आएका थिए ।

स्वागत ,सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जिज्ञाशा राखेका थिए भने खनालले पनि सबैको चित्त बुझ्दो जवाफ दिएका थिए । कार्यक्रम युनाईटेड नेपाल तथा डिसी महानगर क्षेत्रका सबै संचार माध्यमको पहलमा सम्पन्न भएको थियो । 

कार्यक्रममा युनाईटेड नेपालको तर्फबाट किरण प्रताव केसी तथा संचार माध्यमको तर्फबाट गुणराज लुइँटेलले मन्तव्य राखेका थिए । कार्यक्रममा खादा तथा पुष्प गुच्छाद्वारा सम्मान गरिएको थियो। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!