नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा बिजयी

Posted on: 27 Jun, 2018

विजय थापा | असार १३, अमेरिका | डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।  उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागी ढोका खुलेको छ । 

उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवार संग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रद्धिमा एरिक ब्रोम्वेल पहिला, भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् । 

२०७२६ मत खसेकोमा भण्डारीले ५७६५ मत ल्याई दोश्रो स्थानमा रही २८ प्रतिसत मत ल्याई बिजयी भएका छन् । एरिक ब्रोम्वेल ले ६३८७ ल्याई प्रथम भएका थिए ।

यसै गरि मेरिल्याण्ड डेमोक्रेटिक दल को केन्द्रिय सदस्यमा पनि भण्डारी सर्वाधिक मत ल्याई बिजयी हुनु भएको कुरा डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ । 

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनि परेका हुन् । सन् २०१४ मा उनि चौथो स्थान भए पछि उनि प्राथमिक चरण मै बाहिरिएका थिए । 

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन । 

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुन: उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!