कन्दरा ब्याण्ड तेश्रो नेप्लिज अमेरिकन सम्मेलनको लागि डिसी पुगे

Posted on: 29 Jun, 2018

विजय थापा | असार १५, अमेरिका | डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि नेपाल को प्रसिद्ध संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आई पुगेका छन् । भोलि शुक्रबार जुन २९-जुलाई १ तारिख सम्म हुने उक्त कार्यक्रमको लागि पहिलो पटक अमेरिका सबै जना आएका हुन् । 

सबै कलाकारले एक दर्जन भन्दा ज्यादा गीत गाउने लक्ष्य सहित आएका बताएका छन् । यसै गरि उनीहरुले डिसी क्षेत्रका सबैलाई जुन २९ तारिख शनिबार साँझ हुने कार्यक्रममा उपस्थिति जनाई प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् । 

उनीहरुले हामीलाई मन पराउने र दर्शकलाई भरपुर मनोरंजन दिलाउने बताउदै हौशला चाहिएको बताए । 

शुक्रबार बिहान ८ बजे देखि खेलका विभिन्न खेलहरु सुरु हुने छ । साँझ ६ बजे औपचारिक कार्यक्रम हुने छ भने ८ बजे साँस्कृतिक कार्यक्रम हुने छ । भोलि देखि सम्मेलन सुरु हुने भएकोले खेलाडीहरु र अतिथिहरु आई पुगेका छन् । र आउने क्रम जारि छ । 

यसै गरि आयोजक बिश्व सुबेदी, निराकार उप्रेती, बिना खड्का लामा, एनआरएन भर्जिनिया शाखाका अध्यक्ष गोविन्द सुबेदी, एरो नेपाल ट्रावल का राकेश तुलाधर लगायतले सबै लाई सम्मेलनलाई साथ दिन आग्रह गरेका छन् । 


सम्मेलनको पहिलो दिन जुन २९ तारिख शुक्रबार डिसी फुटबल क्लब बिरुद्ध डिएफडब्लु हिमालय बीच बिहान ९ बजे खेल हुनेछ भने लगतै टेक्ससको ग्रोखाज भकुण्डो टोलि बिरुद्ध र एलए ११ बिच हुने छ ।

कुल १२ वटा टोलीहरुमा डिसीएफसी, गोर्खाज, ब्याक (बिएसी) इस्ट बे, डिएफडब्लु हिमालय, एनवाईएनए सी, एवेरेस्ट, एलए ११, स्पोट युनाईटेड, ग्याल सुम्ड़ो, न्युयोर्क, एसएफ एकता तथा एनएनएससी रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!