पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

Posted on: 02 Jul, 2018

असार १८, नयाँ दिल्ली | पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् । 

सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो । 

आरङ्गावाद जिल्लाको एक स्थानीय घाटमा अन्त्येष्टिका लागि आइतबार करीब २० जना व्यक्ति जम्मा भएकोे स्थानमा चट्याङ परेको भारतको प्रकोप व्यवस्थान विभागका एकजना अधिकारीले जानकारी दिएका छन् । 

पाँच व्यक्तिको दुर्घटनास्थलमा मृत्यु भएको थियो । घाइतेहरुलाई स्थानीय अपस्पतालमा उपचारका लागि भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!