२० दिनपछि डा. गोबिन्द केसी काठमाडौं आए

Posted on: 19 Jul, 2018

साउन ३, काठमाडौं | जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ । 

बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो । 

उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ ।  

स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको झडपमा थुप्रै विद्यार्थी घाइते भएपछि डा. केसी काठमाडौं आउन तयार भएका हुन् । 

यसअघि आजै उनले सहयोगिमार्फत एक अडियो सन्देश दिएर विधेयक फिर्ता नलिएसम्म काठमाडौ नजाने र अनसन पनि नतोड्ने बताएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!