अमेरिकामा आठ गोली लागेकी नेपाली चेली बचाउन अभियान

Posted on: 26 Jul, 2018

प्रेम सुनार | साउन १०, बुटवल | गत सोमवार  अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली  हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको शरिरमा आठवटा गोली लागेको  थियो ।

गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा एक लुटेराले गोली हानेका हुन् । उनको गाला, पिठ्युँ, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा आठवटा गोली लागेको र उनको अवस्था अत्यन्त चिन्ताजनक रहेको उनका श्रीमान् कपिल श्रेष्ठले जानकारी दिएका छन् ।

आठवटा गोलीमध्ये पाँचवटा गोली निकालिएको कपिलले जानकारी दिएका छन् ।

रचनाको टल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा उपचार भइरहेको उनका श्रीमान् कपिलले जानकारी दिएका छन् । उनको उपचारका लागि कपिलले सहयोगको अपिलसमेत गरेका छन् । अहिलेसम्म उनलाई हजार बढिले सहयोग गरिसकेका छन् । रचनालाई सहयोग गर्न चाहनेले  उनको स्टाटसको स्क्रीन सटै तस्वीर हेर्नु होला ।

रचना आफ्ना श्रीमान् र साढे दुई वर्षको छोरासहित ११ महिना अघि अमेरिका छिरेकी हुन् । उनीहरु ओक्लोहमाको अटोकामा बस्छन् ।  प्यारो छोराको स्नेहमा आँखा ओछाएकी रचना श्रेष्ठको  हृदयविदारक तस्वीर साथमा पारिवारक रमझम र अहिले मृत्यु शैयामा उनै श्रेष्ठ....



यस बिषयमा तपाइको प्रतिक्रिया...!