केरलामा बाढीबाट ३९ जनाको मृत्यु

Posted on: 13 Aug, 2018

साउन २८, केरला | भारतको केरलामा भारी वर्षापछि आएको बाढी र पहिरोको कारण ज्यान गुमाउनेको सङ्ख्या ३९ पुगेको छ । 

यस बाढी पहिरोको कारण करिब भा.रु. ८,३१६ करोडको नोक्सानी भएको केरलाका मुख्यमन्त्री पिनारायी भिजायनले बताउनुभयो । उहाँले उद्धार र पुनस्थापनाका लागि थप ४००० करोड आवश्यक रहेको जनाउँदै केन्द्रीय गृहमन्त्रालयसँग अनुरोध गरिएको बताउनुभयो । गृहमन्त्री राजनाथ सिंहले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरी पीडितको तत्काल राहतका लागि भा.रु. १०० करोड उपलब्ध गराउने घोषणा गर्नुभएको छ । 

वर्षासँगैको बाढीका कारण केरलाको कैयौं जिल्लामा जनजीवन तहसनहस भएको छ । बाढीका कारण काननुर, वायानाद कोझिकोडे र इदुक्कि र मल्लापुरम जिल्लामा परिस्थिति अत्यन्त जटिल बनेको छ । बाढीका कारण हजारौ व्यक्ति घरवारबिहीन भएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!