कार्यवाहक सभापति निधि भारत प्रस्थान

Posted on: 17 Aug, 2018

भदौ १, काठमाडौँ | नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । 

भारतीय जनता पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अन्त्येष्टिमा भाग लिन निधि नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । नेपाल र नेपाली जनताको मित्र तथा शुभेच्छा राख्ने बाजपेयीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्न काङ्ग्रेस सभापति शेरबहादुर देउवाले निधिलाई भारत पठाउनुभएको हो । 

बाजपेयीको बिहीबार ९३ वर्षको उमेरमा निधन भएको थियो । कार्यवाहक सभापति निधि शनिबार स्वदेश फर्कने कार्यक्रम छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!