भारत नियन्त्रित काश्मिरमा गोली हानाहान

Posted on: 11 Sep, 2018

भदौ २६, श्रीनगर | प्रायः अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा मङ्गलबार भएको दोहोरो गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको छ।भारत अधीनस्थ काश्मिरमा सशस्त्र विद्रोह गरिरहेको लस्कर–ए–तोएबालाई भारत सरकारले आतङ्ककारी घोषणा गरेको छ। सोही समूहका लडाकूले प्रहरीमाथि आक्रमण गरेको बताइएको छ।

प्रहरी अधिकारीहरुले जानकारी दिएअनुसार प्रहरी र आतङ्ककारीसँग यस्तो गोली हानाहान भएको थियो। प्रान्तीय राजधानी श्रीनगरबाट ८० किलोमिटर टाढा रहेको कुपवाडा जिल्लाको गालोरा गाउँमा सो गोलीकाण्ड भएको हो।रातभर यस क्षेत्रमा प्रहरी र आतङ्ककारीबीच दोहोरो झडपमा भएको बताइएको छ। यसमा परी दुई जना आतङ्ककारी मारिएका भारतीय सेनाका प्रवक्ता राजेश कालियाले बताएको छ।

सो झडपमा परी भारतीय सेना र प्रहरीतर्फ भने कुनै क्षति नभएको अधिकारीहरुले जानकारी दिएका छन्। मारिएका दुई आतङ्ककारीको शवको लस्कार–ए–तोएबाका स्थानीय कार्यकर्ता भएको परिचय खुलेको छ।सन् १९८९ मा स्थापित उक्त संगठनका कारण काश्मिरमा त्यसयतादेखि हिंसा जारी रहेको छ।रासस/एपी

यस बिषयमा तपाइको प्रतिक्रिया...!