गर्भवती श्रीमती जाचँ गराउन अस्पताल पुगेका श्रीमानको घाँटी रेटी हत्या

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौँ । भारतको नालगोडा जिल्लामा गर्भवती श्रीमती जाँच गराउन अस्पताल पुगेका एक व्यक्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ | मिरियालागुडा सहरको एक अस्पतालमा श्रीमती जाचँ गराउन पुगेका २४ वर्षीय पेरुमाला प्रणयलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरि हत्या गरेको हो ।

गर्भवती श्रीमती अमृतालाई स्वास्थ्य जाँच गराइ अस्पतालबाट फर्किदै गरेका प्रणयलाई अज्ञात व्यक्तिले घाँटी रेटेर हत्या गरेका हुन्। प्रणय र अमृताबीच गत ३१ जनवरीमा प्रेम विवाह भएको थियो। उनीहरुले विवाह गरेपछि दुवैतिरका परिवार असन्तुष्ट भएको कुरा बीबीसीमा उल्लेख छ।

प्रेम विवाह नै हत्याको कारण हुनसक्ने प्रहरीको आशंका छ।नालगोडा जिल्लाका एसपी रंगानाथले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। प्रणय दलित हुन् भने अमृता क्षेत्री र धनी परिवारकी छोरी हुन्।अमृताका बुबा रियल स्टेटका व्यापारी हुन्।

प्रहरीले अमृताका बुबा र उनका भाइ श्रवणलाई हत्या आशंकामा पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। १० कक्षाका प्रणय र ९ कक्षाकी अमृता प्रेममा थिए। उनीहरु विवाह गर्ने निर्णयमा पुगेपछि परिवारमा विवाह गरिदिनका लागि कुरा राखे।

तर, अमृताका बुबाले इन्कार गरिदिए। त्यसपछि उनीहरुले हैदरावाद गएर आर्य समाज विधिअनुसार विवाह गरे। त्यसपछि अमृता प्रणयको घरमा बस्दै आइन्। विवाह पछि अमृताका बाबुले छोरी फिर्ता गर्न कयौं प्रयास गरे। तर अमृताले भने आफ्नो जीवनसाथी छोड्न नसक्ने भन्दै बाबुको कुरा इन्कार गरिदिइन्।

छोरीले दलितसँग विवाह गरेपछि अमृताका बाबु तनावमा थिए। विवाह पछि अमृताका बाबुले प्रणयको हत्या गर्न चाहेको प्रणयका पीता बाला स्वामीले बीबीसीलाई बताएका छन्। ससुराबाटै मार्ने धम्की आएपछि प्रणय पनि तनावमा थिए। ससुराबाटै छोराको हत्या भएको प्रणयका बाबुले जिकिर गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!