दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरीद्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास

Posted on: 17 Sep, 2018

विजय थापा | भासोज १, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका दोहोरो बिश्व कीर्तिमानी उज्ज्वल ठकुरी द्वारा तेश्रो गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको लागि प्रयास गरेका छन् । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा उनले उक्त प्रयास गरेका हुन् । 

यसका लागि नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)का पदाधिकारी,समाजसेविहरु,खेलकुदका खेलाडीहरु ,प्रशिक्षकहरु लगायत संचारकर्मिको उपस्थितिमा उनले तेश्रो गिनिज बुक अफ वर्ल्डको लागि प्रयास गरेका छन् । 

उनले गरेको प्रयास गिनिज बुक अफ वर्ल्ड रेकर्ड संस्थामा पठाउनु पर्ने तथा अन्य कागजी पत्रको आदान प्रदान गरे पछि मात्र ठकुरीले गरेको प्रयास बिश्व किर्तिमानको परिणाम आउने छ ।

 

उनले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी)को प्राङ्गढमा आफ्नो उचाई जतिकै स्थानमा झुन्ड्याईएर राखेको काचो अन्डा फुटाएर बिश्व किर्तिमान गर्ने प्रयास गरेका छन । 

उनले १ मिनेट भित्र अगाडी लात्ती प्रहार द्वारा ६४ वटा काचो अन्डा फोड्न सफल भएका छन् । उनले ५३ वटा काचो अन्डा यसै गरि फोडेको किर्तिमानलाई तोड्ने प्रयास गरेका छन् । ठकुरीले बिश्व किर्तिमान लाई तोड्ने प्रयास गरेता पनि गिनिज बुक अफ वर्ल्ड रेकर्डले सबै कुराको जाच पड्ताल गरे पछि मात्र निर्णय गर्ने हुनाले केही समयका लागि प्रतिक्षा गर्नु पर्ने हुने छ ।

कराते खेलाडी ठकुरीले आफैँले बनाएको किर्तिमान तोड्दै छोटो समयमा पुनः दोश्रो पटक गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । उनले गत बर्ष २०१७ को सेप्टेम्बर २३ तारीखका दिन १३९.४९ पौण्ड ९६३.९७ केजीमा पहिलो विश्व किर्तिमान गरेका थिए । त्यसै गरि उनले दोश्रो किर्तिमान अमेरिकाको ओहायोको टोलेड़ोमा गएर गत बर्ष २०१७ को नोभेम्बर ४ तारिख १४२.४८ पौण्ड ९६४.६३ केजीको तौल दात र शरिरमा राखेर दुवै खुट्टा फाडेर विश्व किर्तिमान गरेका थिए ।


ठकुरीले पाँच विधाको निर्माण गर्नुका साथै तीन वटा विधामा अन्तर्राष्ट्रिय पदक हासिल गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!