साउदको ट्रिनिटी क्लवलाई भलिबल उपाधी

Posted on: 18 Sep, 2018

असोज २ काठमाण्डौ | नेरिमा भलिबल फेडरेसन जापानको आयोजनामा भएको प्रतियोगिताको उपाधि नेपाल जापान भलिबल सङ्घका उपाध्यक्ष मदन साउदको ट्रिनिटि क्लबले जितेको छ । टोकियोमा भएको प्रतियोगितामा क्लवले महानगरपालिकाको ट्रफि हात पारेको हो । 


प्रतियोगितामा नेपाल जापान भलिवल संघका उपादक्ष्य तथा सुदूरपश्चिम सेवा समाज जापानका उपाध्यक्ष समेत रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी साउद सर्बोत्कृट खेलाडीबाट सम्मानित समेत हुनुभयो । साउदले मेडल प्रमाणपत्रसहित टोकन अफ लभले सम्मानित हुनुभयो । विगत लामो समय देखी भलिबलको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेल खेल्दै आएका साउद अहिले जापानमा रहेर पनि खेलकुद र सामाजिक कार्यमा निकै सक्रिय हुनुहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!