प्रेमिका भेट्न पुगेका युवकलाई जुत्ताको माला लगाई बजार घुमाइदिएपछि...

Posted on: 19 Sep, 2018

एजेन्सी । आफ्नी प्रेमिकासँग भेट्न पुगेका एक युवकलाई प्रेमीकाको घर नजिकै मानिसले नियन्त्रणमा लिएर केरकार गरेका छन्। 

युवकलाई नियन्त्रणमा लिनेहरुले यथार्थ थाहा पाएपछि आक्रोशमा आए र एक्लो रहेका युवकको जबरजस्ती कपाल खौरिदिए । कपाल खौरिएर मात्र उनीहरुको रिस शान्त भएन । त्यसपछि युवकलाई  जुत्ताको माला लगाएर पिट्दै बजार घुमाइयो ।  


यो घटना भारतको बुलंदशहर नगर कोतवालीको हो । प्रेमिकालाई भेट्न गएका युवकको यस्तो हविगत गर्ने अरु कोही नभएर प्रेमिको परिवारका सदस्यनै थिए । आक्रोशित परिवारका सदस्यले युवकलाई यो हदसम्मको अपमान र सजाय दिएका हुन् ।  

यो क्रममा त्यहाँ निकै भीड जम्मा भइसकेको थियो । भीडबाट कसैले प्रहरीलाई सम्पर्क गरेपछि केही समयमै घटनास्थलमा प्रहरी आइपुग्यो । प्रहरीले युवकलाई आफूसँगै लिएर गएपछि मात्र युवकमाथिको कहर अन्त्य भएको थियो । हाल दुवै पक्षबाट प्रहरीमा मुद्धा दर्ता भएको छ । 

भीडबाट कसैले खिचेको यससम्बन्धी भिडियो अहिले भारतमा समाजिक संजालमा भाइरल भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!