सेसेल्स एनआरएनएको ७९ औ शाखा

Posted on: 20 Sep, 2018

असोज ४, काठमाडौँ | गैर आबासिय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ शाखाको रुपमा मान्यता दिएको छ । अफ़्रिकि मुलुक सेसेल्स , अफ्रिकाको सबै भन्दा बढी प्रती ब्याक्ती आय भएको र थोरै जन संख्या भएको देश हो । 

अफ्रिकाको पुर्बी तटमा अबस्थित टापुहरुको यो देश संसारकै प्रमुख पर्यटकिय गन्तब्य मध्य पनि एक हो । यहाँ पाँच सय भन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उधोगमा कार्यरत छन । 

गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको  एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी गराएका छन ।

 

समितिमा उपाध्यक्ष मनोज बिक किशोर कुमार महर्जन  महासचिव कम्मान सिंह खत्री , सचिब बिश्वजीत कार्की , कोषाध्यक्ष कोमल राज पान्डेय , सह कोषाध्यक्ष किरण अधिकारी , प्रबक्ता एकराज सुवेदी रहेका छन ।       

त्यसै गरि सदस्यहरुमा चेतमान कुवर , आइन्द्र लिम्बू , बिष्णु  महतो , रामचन्द्र राई र गोमा अधिकारी चयन भएका छन । 

संघका अन्तरास्ट्रिय  कोषाध्यक्ष  हिक्मत थापाका अनुसार सेसेल्स अफ्रिकाको  १७औ राष्ट्रिय समन्वय समिती  र एनआरएनएको  ७९ औ राष्ट्रिय समिति बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!