श्रीमतीले प्रेमिकासँग च्याट नगर्न भनेपछि श्रीमानले गरे आत्महत्या, प्रेमिकाले पनि पिइन् एसिड !

Posted on: 01 Oct, 2018

असोज १५, काठमाण्डौ | श्रीमतीले प्रेमिकासँग च्याट गर्नबाट रोकेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । ह्वाइट्सएपबाट च्याट गरिरहेका श्रीमानलाई च्याट नगर्न भनेपछि श्रीमानले आत्महत्या गरेका हुन्। शिवकुमार आफ्नी बचपनकी साथी १९ वर्षीया वेनेलासँग च्याट गरिरहेका थिए। श्रीमतीले प्रेमिकासँग च्याट नगर्न आदेश दिएपछि आवेशमा आएका शिवकुमारले झुन्डिएर आत्महत्या गरेका हुन् ।

आत्महत्या गरेको खबर पाएपछि विक्षिप्त भएकी पूर्व प्रेमिका वेनेलाले पनि एसिड पिएर आत्महत्या गरेकी छन्। घटनालगत्तै वेनेलालाई भारतको गान्धी अस्पतालमा भर्ना गरिएलगत्तै अस्पतालले   उनलाई मृत्यु घोषणा गरेको हो ।

प्रहरीका अनुसार शिवकुमार र  उनकी श्रीमतीबीच च्याटबारे पटकपटक झगडा हुने गरेको थियो। विवाह पछि पनि शिवकुमार पूर्वप्रेमिकासँग नियमित सम्पर्कमा थिए। श्रीमानको बानीबाट आजिद भएकी श्रीमतीले पूर्व प्रेमिकाबाट छुट्याउन कयौं प्रयास गर्थिन् । शनिबार मात्र शिवकुमारलाई उनकी पत्नीले छिमेकीको घरमा लगेर सम्झाइ दिन अनुरोध गरेकी थिइन् ।

घटना भारतको सिकन्दराबादको मारेडपल्लीमा भएको हो। प्रहरीका अनुसार केही दिन अघि मात्र उनीहरुबीच च्याटकै बारेमा झगडा भएको थियो।श्रीमतीले च्याटबारे परिवारमा बताइदिने धम्की समेत दिएकी थिइन् । पेशाले इलेक्ट्रोसियन शिवकुमारको विवाह अघिल्लो महिनामा मात्र भएको थियो । एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!