भारतमा इन्धनको मूल्य बढ्यो

Posted on: 08 Oct, 2018

असोज २२, नयाँदिल्ली | भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ । 

नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भारु (८२.०३), नेरु (१३१.२५) र डिजेलको मूल्य भारु (७३.८२) नेरु (११८.११) पुगेको छ । 

मुम्बईमा पेट्रोलको मूल्य भारु ८७.५० र डिजेलको मूल्य भारु ७७.३७ तोकिएको छ । 

सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण जेट्लीले पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर भारु २.५० ले कटौती गर्ने घोषणा गरेका थिए । उनले राज्य सरकारलाई पनि सोही नियम लागू गर्न निर्देश गरेका थिए । –एएनआई

यस बिषयमा तपाइको प्रतिक्रिया...!