युएईमा नेपालीले मनाए दिपावली

Posted on: 07 Nov, 2018

कात्तिक २१, युएई | बैदेसिक रोजगारीका क्रममा युएई पुगेका युवाहरुले बिदेशी भूमिमा सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका छन् । 

करिब एक बर्ष अघि अल समा इन्टरनेसनल प्रालिबाट  युएईको आबुधाबी स्थिती अल फाहद सेक्युरिटी सिस्टम कम्पनीमा गएका युवाहरुले सामुहिक लक्ष्मी पुजा गरि दिपावली मनाएका हुन् । उक्त कम्पनीमा कार्यरत ४० जना नेपाली युवाहरुले सामुहिक रुपमा दिपावली मनाई बिदेसी भूमिमा पनि आफ्नो पर्वको सम्झना गर्दै खुसि साटे । 


युवाहरुले बिदेशी भूमिमा पनि आफ्नो पर्वको महत्व राख्दै एकापसमा शुभ-कामना आदन-प्रदान गरि दिपावली मनाएको कुरा शिव हरि ज्ञवलीले साझा सवाल मिडियालाई जानकारी गराए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!