कतार प्रहरीको नियन्त्रणमा आर के शर्मा, शर्माको गिरफ्तारीको कारण अझै खुलेन

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौँ | झण्डै एक महिनादेखि एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मा कतार प्रहरीको नियन्त्रणमा छन् । 

उनलाई अक्टोबर १८ तारिखका दिन कतार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई के कारण कतार प्रहरीले नियन्त्रणमा लिएको भन्ने बारे भने कुनै कारण खुलाइएको छैन ।

अक्टोबर ५ मा कतारमा सांस्कृतिक कार्यक्रम पछी त्यहाँको सुरक्षा निकायले नियन्त्रणमा लिएको थियो । 

शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि सम्पर्कमा रहन दिएको थिएन तर गत बिहीबार उनका परिवारलाई कुरा गर्नका लागि १५ मिनेट समय दिइएको थियो । उनको गिरफ्तारी पछि संघले कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उहाँको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ ।

शर्माको गिरफ्तारीको विषयमा निराधार र कपोलकल्पित रुपमा केही संचार माध्यम र सामाजिक संजालमा समाचार तथा टिका टिप्पणी भैरहेका प्रति पनि गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!