जब संसद बैठकभित्रै सांसदहरुबीच कुटाकुट भयो !

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं | श्रीलंकामा चर्कँदो दलीय तनावका बीच आज संसद बैठकमै सांसदहरुबीच कुटपिट चलेको छ । सामूहिक रुपमै झगडा हुँदा एक सांसदलाई त अस्पताल नै पुर्याउनु परेको छ ।


कुटपिटमा संलग्न दिलुम अमुनुगाम्ना नाम गरेका सांसदलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार बिहान यहाँ संसद बैठक चलिरहँदा प्रधानमन्त्रीमा नियुक्त भएका पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेका समर्थक सभामुखविरुद्ध उत्तेजित बनेपछि कुटपिट चलेको हो ।

सेतो र सफा कपडा पहिरनमा बैठकमा उपस्थित भएका थुप्रै सांसदहरु आपसमा मुक्कामुक्की नै गरेका थिए । झगडाबीच एक सांसद त विरोधी सांसदको प्रहारपछि भुईँमै पल्टिएका थिए । एजेन्सी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!