आमाले सिमकार्ड नदिएपछि १२ वर्षीय छोराले गरे आत्महत्या

Posted on: 15 Nov, 2018

कात्तिक २९, काठमाडौं । भारतको पंजावमा एक स्कुले बालकले आत्महत्या गरेको समाचार भारतका मिडियामा प्रकाशित भएको छ । भारतीय संचारमाध्यममा बताइए अनुसार छोराले मागेको सिमकार्ड आमाले नदिएपछि १२ वर्षीय पारस वाइपासले आत्महत्या गरेका हुन्।

पारस लुधियानाको भगवान दास कोलोनीमा आमाबावुसँग बस्दै आएका थिए । उनी एक स्थानीय स्कुलमा कक्षा आठमा पढ्दै थिए। बुधबार दिउँसो उनी स्कुलबाट घर आएपछी आफ्नी आमासँग सिमकार्ड मागेको र आमाले सिमकार्ड नदिएपछी आक्रोशमा आइ आफ्नै कोठाभित्रको पंखामा झुन्डिएर आत्महत्या गरे।

भान्सामा खाना पकाइसकेपछि पारसकी आमा छोरा बोलाउन कोठामा जाँदा छोरा पंखामा झुन्डिएको अवस्थामा घाइते देखेपछी उपचारका लागि स्थानीय एक अस्पतालमा लगिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषण गरिदियो।

प्रहरीका अनुसार पारसले परिवारका सदस्यसँग पटकपटक सिमकार्ड माग्दै आएका थिए। केही समय अघि परिवारबाट सिमकार्ड पाएपनि उनले भाँचिदिएका थिए । फेरि उनले आमासँग सिमकार्ड मागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

श्रोत : आजतक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!