छाउगोठमुक्त हुँदै जुम्ला

Posted on: 15 Nov, 2018

कात्तिक २९, खलङ्गा | छाउगोठ मुक्त अभियान अन्तरगत जुम्लाको १२औँ बस्तीका रुपमा तिला गाउँपालिका–५ को चुलाकोट गाउँ आज छाउगोठ मुक्त घोषणा गरिएको छ । 

यसअघि ११ बस्ती छाउगोठ मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाको अगुवाइमा चुलाकोट बस्तीलाई छाउगोठ मुक्त घोषणा गरिएको हो । तिलाको ढिमकोट, रावतवाडा र जोडिवाडा गाउँ छाउगोठ मुक्त घोषणा भइसकेका छन् । छाउगोठ मुक्त घोषणा कार्यक्रममा सरोकारवालाले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी स्थानीय जनप्रतिनिधि तथा आम गाउँवासीले महिनावारी नमान्ने प्रतिबद्धता गरेको वडाध्यक्ष कालीबहादुर बुढाले बताउनुभयो । 

यस्तै तातोपानी गाउँपालिकाको लाम्रा, श्रीनगर, हियाखोला र जैतपुर तथा पातारासी गाउँपालिका–५का माथिल्होर्प र तलिल्होर्प गाउँ समेत छाउगोठमुक्त भइसकेका छन् । हिमा गाउँपालिका–६ महावैपाथरखोला गाउँ शुरुवातमै छाउगोठ मुक्त भइसकेको बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!