विद्युतीय हिटरबाट आगलागी हुँदा आमासहित चार बच्चाको मृत्यु

Posted on: 17 Nov, 2018

मङ्सिर १, काठमाडौं | आगलागीमा परी नाइजेरियामा शुक्रबार आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ । 

नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

आगलागीहुँदा सबै जना सोही घरभित्रै रहेका तीन बच्चासहित आमासँगै जलेको र अर्को एक बच्चा भने सो परिवार बाहिरको भएपनि जलेको आवस्थामा भेटिएको जनाइएको छ । 

आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान जारी नै रहेको डोडोडोले बताउनुभएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!