क्यान्सरको उपचारपछि अमेरिकबाट फर्किन् बलिउड कलाकार सोनाली बेन्ड्रे

Posted on: 03 Dec, 2018

मङ्सिर १७, मुम्बाई | मङ्सिर | बलिउडका प्रख्यात कलाकार सोनाली बेन्ड्रे अमेरिकमा क्यान्सरको उपचारपछि घर फर्किनु भएको छ । उहाँ सोमबार विहान सबेरै मुम्बाई फर्किनु भएको हो । 

सोनालीको स्वास्थ्यमा राम्रो सुधारपछि न्युर्योकबाट मुम्बाई फर्र्र्किएको उहाँका श्रीमान गोल्डी बेहलले बताउनु भएको छ । सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अव थप उपचारको लागि न्युर्योक जानु नपर्ने बेहलले बताउनु थप भएको छ । 


करिब छ महिनादेखि सोनाली राम्रो होस भन्ने चाहाना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताउनु भएको छ । 

यस अवधिमा सोनालीप्रति सबैले देखाउनु भएको माया र समर्थनको लागि बेहले धन्यवाद दिनु भो । अव सोनालीको उपचार पूरा भएको र अव उनी पूर्णरुपमा स्वास्थ्य भएकी बेहलले बताउनु भएको छ । 

न्युर्योकमा सोनालीको उपचारपछि उनलाई घर फर्काउन पाएको आफू अत्यन्त खुशि भएको बेहलले बताउनु भएको छ । 

अरु विरामीले जस्तो उनको पनि नियमित जाँच गराउनु पर्ने बताइएको छ । सोनाली बलियो आत्मबल भएको महिला र उनीप्रति आफूलाई गर्व रहेको बेहल बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!