भारतमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु

Posted on: 14 Dec, 2018

मङ्सिर २८, भारत | जम्मु काश्मिरको दुर्गम पहाडी सुजनधार गाउँमा बिहीबार सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । 

प्रहरीका अनुसार श्रीनगरबाट दक्षिणतर्फ करिब २१० किलोमिटर टाढा पहाडी इलाकामा उक्त दुर्घटना भएको थियो । 

गत साता पनि यात्रुबाहक सवारी साधन दुर्घटना हुँदा जम्मु काश्मिरको पूनाह जिल्लामा १३ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए । 

उक्त दुर्घटनका बारेमा थप बिबरण आउन अझै बाँकी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!