सत्र बर्ष पछि भएको दुई मन्त्रीको भेटमा के भयो त ? (भिडियो सहित)

Posted on: 21 Dec, 2018

पुष ६, टेक्सास | परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र अमेरिकाका बिदेश मन्त्री बिच भएको ऐतिहासीक भेटबाट नेपाललाई अमेरिकाले हेर्ने नजर फेरिएको बताउनुभएको छ । पत्रकार सूर्य थापासंगको भिडियो अन्र्तवार्तामा कुरा गर्दै मन्त्री ज्ञवालीले नेपाल र अमेरिका बिच भएको उच्च तहको भेटमा धेरै बिषयमा छलफल भएको बताउनुभएको छ ।

अमेरिकाले नेपाललाई दिने सहयोगमा बृद्धि हुनुका साथै कुटनितिक रुपमा पनि महत्वपुर्ण उपलब्धी भएको मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले अब दुई देश बिच लामो समय देखी रोकिएको उच्च तहको भेटले निरन्तरता पाउने पनि बताउनु भएको छ ।

प्रस्तुत छ मन्त्री ज्ञवालीसंग गरिएको भिडियो संम्वाद:


यस बिषयमा तपाइको प्रतिक्रिया...!