आफुलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि आमाले गरिन् आफ्नै छोरीको हत्या

Posted on: 02 Feb, 2019

काठमाडौँ । प्रेमीसँग आपत्तिजनक अवस्थामा छोरीले देखेपछि एक महिलाले आफ्नै छोरीको हत्या गरीकी छन् ।

भारतको हरियाणा स्थित करनाल शहरमा एक ८ वर्षीया बालिकालाई आफ्नै आमाले प्रेमीसँग मिलेर हत्या गरेकी हुन् । प्रेमीसँग आपत्तिजनक अवस्थामा आमा फेला परेपछि बाबुलाई यो कुरा बुवालाई भनिदिने चेतावनी बालिकाले दिएकी थिइन् ।


यही कारण महिलाले आफ्ना प्रेमीसँग मिलेर छोरीको हत्या गरेकी हुन् । बालिका घरबाहिर खेलीरहेकी थिइन् । जब खेल सकियो उनी घरभित्र गइन् जहाँ उनले आमा लक्ष्मीलाई आफ्ना प्रेमीसँग आपत्तिजनक अवस्थामा देखिन् ।

दुवैजना सोनमलाई देखेर अताल्लीए । उनीहरुले सोनमलाई यो कुरा कसैलाई नभन्न आग्रह त गरे तर उनले भनिदिने डर मनबाट कम भएन । आफ्नो कर्तुत खुल्ने डरले दुवैजनाले मिलेर बालिकाको घाँटी थिचेर हत्या गरे र उनको शवलाई कट्टामा राखेर नरहमा फाले । लक्ष्मीले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिइन् ।

लक्ष्मी आफ्नो घर आइन् र उनका प्रेमी अमित पनि आफ्नो घर गए । दुवैलाई लागेको थियो होला सोनमको शव नहरमा बगेर हराउनेछ । तर शव कट्टामा रहेका कारण बगेर जान सकेन । कसैले शव भेटिएको जानकारी प्रहरीलाई दिए । प्रहरीले घटनाको छानबिन सुरु गर्यो । पोस्टमार्टममा उनको घाँटी थिचेर हत्या भएको कुरा पत्ता लाग्यो ।

प्रहरीले छानबिन गर्ने क्रममा शंकाको सुई आमा लक्ष्मीतिर घुम्यो र अमित पनि पक्राउ परे । प्रहरीले एक सिसिटीभी फुटेज हात पार्यो जसमा अमितले बाइकमार्फत कट्टामा राखिएको बालिकाको शव लगेर गइरहेको देखियो ।

दुवैजनाले आफ्नो अपराध स्वीकार गरे । प्रहरीले दुवैजनालाई हत्या मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!