पसलबाट किनेको चिठ्ठाले मालीले जिते १० लाख डलर, फेरि जित्छु भन्दै किने अर्को चिट्ठा

Posted on: 02 Feb, 2019

विजय थापा । माघ १९, डीसी । अमेरिकाको डीसी महानगर क्षेत्रको मनासस शहरमा नेपाली मूलका पत्रकार निदेश अधिकारी द्वारा संचालित किराना पसलबाट खरिद गरेको चिठ्ठाबाट एक मालीले १० लाख डलर जितेका छन् ।


मनासस निवासी माली पेशामा रहेका जर्ज टिन्नेल नामक व्यक्तिले भर्जिनियाको मनासस् शहर स्थित फेयरभ्यू ग्रोसरी नामक पसलबाट पावर बल चिट्ठा किनेका थिए । गत जनवरी ५ तारिख शनिबारका दिन एक मिलियनको चिट्ठा परेको थियो ।

लामो समय सम्म परेको चिट्ठा लिन नआएको भनिएता पनि उनले प्राप्त गरेको रकमको समाचार जनवरी ३१ तारिखको दिन पत्र पत्रिकामा भर्खर प्रकाशित भएको छ । उनले पहिले नै दाबि गरि कर कटाएर उनलाई ७ लाख २० हजार डलर हस्तान्तरण गरिएको छ । उनले गत जनवरी ७ तारिखका दिन उक्त रकम हात पारि सकेका छन् ।

अमेरिकाभरि खेलिएको पावरबल चिठ्ठा ३-७-१५-२७-६९ संख्या मध्ये ५ नम्बर मिलाएका थिए । तर पावर बल १९ मिलेको थिएन । उनले रकम प्राप्त गरे पछि यो समयमा आफूलाई चिट्ठा पर्छ भन्ने लागेको बताएका छन् । माली आज फेब्रुअरी १ तारिखका दिन अधिकारी द्वारा संचालित किराना पसल फेयरभ्यू ग्रोसरी मै आई पुन चिट्ठा किनेका छन् । र उनले फेरी चिट्ठा जित्ने छु भनि संचालक अधिकारीलाई बताए ।

यत्रो रकम जितेता पनि उनि सामान्य पोशाकमा सामान्य भएर आएको पसल संचालक अधिकारीले बताए । पत्रकार तथा संचालक अधिकारीले अगाडी भने आफ्नो माली पेशा नछोड्ने पनि उनले जानकारी गराएको बताए ।

पत्रकार तथा व्यवसायी अधिकारीले भर्जिनिया राज्य सरकारबाट छुट (कमिसन)बापतको १० हजार डलर पाएका छन् । आफूले पनि रकम पाए पछि संचालक अधिकारीले आफू जन्मिएको जिल्ला भोजपुर चरम्बीमा बन्दै गरेको गुम्बाको लागि नेरु ६० हजार दिने घोषणा यसै मार्फत गरेका छन् ।

चिट्ठा को नतिजा निस्के पछि ६ महिना भित्रमा कसैले दावी नगरे चिठ्टाको पैसा राज्य सरकारले नै बिद्यालहरुलाई खाजा खर्च या बिद्यार्थीहरुको अन्य बिबिध खर्चको लागि दिने कानुनी ब्यबस्था छ । स्मरण रहोस् उक्त फेयरभ्यू स्टोरले २ बर्ष पहिले पनि आधा मिलियन डलरको चिट्ठा जितेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!