युएईमा नेपाली सवार ट्याक्सी दुर्घटना: २ जनाको मृत्यु, २ सख्त घाइते

Posted on: 06 Apr, 2019

चैत २३, यूएई । युएइमा ट्याक्सी दुर्घटनामा परि २ जना नेपालीको मृत्यु भएको छ | उपचारका लागि अस्पताल जाँदै गरेका नेपाली सवार ट्याक्सी युएईको आबुधाबीमा दुर्घटना हुँदा २ जना नेपालीको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

युएईको आबुधाबीमा भएको दुर्घटनामा निरोज परियार र शान्ति विश्वकर्माको ज्यान गएको हो ।  परियार नवलपरासी कावासोतीका हुन् भने विश्वकर्माको स्थायी ठेगाना खुलेको छैन ।

निरोजका आफन्त जोतीलाल परियारले उनीहरु सवार ट्याक्सीलाई कारले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको अनलाइनखबरलाई जानकारी दिए ।

जोतीलालका अनुसार,  उपचारका लागि आएकी शान्तिलाई बिन जायद सिटीमा छोड्न निरोज गएका थिए। अहिले मृतकको शव खालिफा अस्पतालमा राखिएको छ।

सोही दुर्घटनामा २ जना घाइते भएका छन् । गम्भीर घाइते २ जनाको अबुधाबीस्थित खालिफा अस्पतालमा उपचार भइरहे पनि परिचय खुल्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!