मलेसियामा नेपाली सवार बस दुर्घटना: ११ जनाको मृत्यु, ३३ जना घाइते

Posted on: 08 Apr, 2019

चैत २५, काठमाण्डौ – आइतबार राती मलेसियामा भएको बस दुर्घटनामा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने नेपालीमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन् ।

४४ जना यात्रु बोकेर हिँडेको बस मलेसियाको क्वालालामपुर विमानस्थल नजिकै सेपाअङमा नालीमा खसेर दुर्घटना हुँदा दुई नेपालीसहित पाँच जना बंगलादेशी, तीन जना इण्डोनेसियन र एक मलेसियन नागरिकको ज्यान गएको हो । मलेसियन नागरिक बसका चालक रहेको बताइएको छ  । 

दुर्घटनामा ३३ जना घाइते भएका छन् । बसमा १४ जना नेपाली, १२ जना बंगलादेशी, १४ जना इण्डोनेसियन र दुई जना मलेसियन नागरिक रहेको मलेसियन प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चार माध्यम मेट्रोले उल्लेख गरेको छ । 

रातीको काम गर्ने कामदार बोकेर काम गर्ने ठाउँतिर जाँदै गरेको बस दुर्घटनामा परेको हो । बस १० मिटर तल नालिमा खसेको प्रहरीको भनाइलाई मेट्रो अनलाइनले उल्लेख गरेको छ । घाइतेहरुको सेरदान, पुत्रजया, बान्तिन र काजाङ अस्पतालमा उपचार भइरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!