साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या

Posted on: 14 May, 2019

साईप्रस– यूरोपियन मुलुक साइप्रसमा एक नेपालीसहित सात महिलाको हत्या भएको छ । पछिल्लो एक महिना यता भएको श्रृंखलावद्ध आक्रमणमा उनीहरुको हत्या भएको जनाइएको छ ।

हत्या भएका अधिकांश महिलाहरु एसियाली मुलुकका रहेको छन् । श्रृंखलावद्ध आक्रमणमा एक नेपाली महिलासहित ४ जना फिलिपिन्सका महिला रहेको साइप्रस प्रहरीले जनाएको छ । त्यस्तै २ जना बालिकाहरु समेत रहेको बताइएको छ ।


सीटीभी न्यूजले जनाए अनुसार ज्यान गुमाउने नेपाली  महिला आसिता खड्का (बिष्ट) रहेकी छन् । उनी नेपालको कुन ठाउँकी हुन् खुलाइएको  छैन ।

प्रहरीले उक्त हत्यामा संलग्न भएका आरोपमा एक जनालाई प्रक्राउ गरेको जनाइएको छ । श्रृंखलावद्ध हमलाको विरोधमा राजधानी निकोसियामामा स्थानीयले विरोध प्रदर्शन समेत गर्दै आएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!