प्रदेश ५ का मुख्यमन्त्री चीन भ्रमणमा

Posted on: 01 Jul, 2019

असार १६, रुपन्देही | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल सहितको एक प्रतिनिधिमण्डल मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकोे छ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तरराष्ट्रिय विभागको निमन्त्रणामा उहाँसहितको सो टोली चीनको छेन्दु प्रस्थान गरेको हो ।

मुख्यमन्त्रीको भ्रमण दलमा गण्डकी प्रदेशका प्रमुख सचेतक मायानाथ अधिकारी, प्रदेश नं ५ सचेतक पार्वती पुन, प्रदेशसभा सदस्य हरि रिजाल, प्रदेश ३ का प्रदेशसभा सदस्य राजेश शाक्य, प्रतिनिधिसभा सदस्य नवराज रावत, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, युवा सङ्गठनका अध्यक्ष रामप्रसाद सापकोटा, अखिलका अध्यक्ष ऐन महर संविधानसभा सदस्य ऋषि पोखरेल, नेकपा भोजपुर जिल्ला अध्यक्ष प्रेमकुमार राई, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी तथा स्वकीय सचिव तिरनराज गौतम, युवा नेता शिवराम यादव, सुमित्रा विसी, रणबहादुर चन्द, मञ्जुदेवी साह, पत्रकार मोहन बास्तोला र देविका घर्ती हुनुहुन्छ ।

भ्रमणका क्रममा चीनको सिचुवान प्रान्त र प्रदेश ५ बीच भगिनी सम्बन्ध कायम गर्नेबारेमा समझदारी गरिने जनाइएको छ । त्यसैगरी सिचुवान प्रान्तको याआन नगर र घोराही उपमहानगरपालिका तथा गोइजाउ प्रान्तको लियुयान्सु नगर र ठाकुरबाबा नगरपालिकाबीच पनि भगिनी सम्बन्ध कायम गर्नेबारे समझदारी हुनेछ । सो टोली असार २५ गते स्वदेश फर्किने जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!