एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

Posted on: 14 Jul, 2019

दिल कुमार श्रेष्ठ | दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ । आवेदकहरुका लागी ३० जुन २०१९ सम्म तोकिएको समयमा ५६५२ जना आवेदकहरुले आवेदन दिए पनि प्रारम्भिक चरणमा एनसीसी कतारले ५०६७ जनाको नामावली छनौट गरिएको छ ।

प्रारम्भिक नामावली प्रकासनको गरिएको पंजीकृत सदस्यहरुका शुल्क भुक्तानी गर्ने अन्तिम मिति १९ जुलाई सम्म तय गरिएको छ । सुचिमा उल्लेखित आवेदकहरुले आफ्नो सदस्य शुल्क एनसीसी कतारले तोकिएका व्यक्तिहरु उत्तम गुरुङ, बिनोद बसौला, अरुण केसी, आस बहादुर गुरुङ, नरेस जैसी, बुद्ध पाण्डे, बसन्त कुँवरलाई बुझाउन सक्ने छन्। प्रमाणित भई सकेका प्रारम्भिक नामावलीमा प्रकासित आवेदकहरुले तोकिएको समयमा लागत सदस्यता दस्तुर नबुझाएमा आवेदन स्वतः रद्द हुने छ ।

फारम भरेर बसेका कतारमा रहेका प्रवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु आफ्नो आवेदनको अन्तिम रिपोर्टको वेग्र प्रतीक्षामा रहेका छन् । निर्वाचन सम्बन्धि प्रक्रिया र पंजीकृत सदस्यको अन्तिम नामावली प्रकासन भए पछि निर्वाचन समितिले आफ्नो काम अघि बढाउने छ । गैरआवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार आवेदनको अन्तिम मिति सम्म ५६५२ जनाको आवेदन परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!