एनआरएनए कतारको महासचिवमा पदम गिरीको उम्मेदवारी

Posted on: 05 Aug, 2019

साउन २०, दोहा | गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी आठौं महाधिवेशनको सरगर्मी बढेको छ । सामाजिक अभियान्ता एवम् जुझारु युवा पदम गिरीले अगामी कार्यकाल (२०१९–२०२१)का लागी महासचिव पदमा उम्मेदवारी दिएका छन् । 

एनआरएनए आइसीसी ट्राभल सेफ्टी एण्ड रोड सेकुरेटी विभागमामध्यपुर्व सदस्य समेत रहेका गिरी  गण्डकी प्रदेश समन्वय परिषद कतारका सस्थापक सदस्य,तनहुँ सेवा समाज कतारको महासचिव दशनामी समाज कतारका शाखाका बरिष्ठ उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरेका छन् । 


विगत एक दशक देखि कतारमा कार्यरत गिरी सामुहिक नेत्तृत्व र सस्थागत हितमा रहेर  श्रमिक नेपालीको पक्षमा प्रतिबद्ध रहि एनआरएनको अभियानमा सफल बनाउन लागी परेको बताए । उनले  पार्षदहरुले सहयोग र समर्थन समेत रहनेमा विश्वस्त रहेको भन्दै एनआरएन लाई साझा र पारदर्शाी ढङ्ग अगाडी बढाउन अग्रज समाजिक अभियान्ता सामाजिक सस्थाका प्रतिनिधिहरुमा सबैको सल्लाह सुझाब सहित कतारमा स्थापित सम्पुर्ण सस्थाहरु सहकार्यतामा नेपाली दुताबास सग समन्वय गर्दै जानेमा जोड दिए ।

यहि आउदो २३ अगष्ट २०१९ का दिन नेपाली राजदुताबासका निर्वाचन हुने कार्यतालिका सार्बजनिक भइसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!