प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

Posted on: 22 Aug, 2019

भदौ ५, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर आएका ओली ‘फलोअप’ का लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । 

प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, क्याबिनेट डाक्टर दिव्या सिंह शाह र स्वकीय सचिव राजेश बज्राचार्य रहेका छन् ।

यसपालिको उपचारका लागि ८ देखि १० दिन लाग्ने भनिएता पनि फर्किने मिति भने तय भएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!