काठमाडौं महानगरका मेयर-उपमेयर फिनल्याण्ड भ्रमणमा

Posted on: 02 Sep, 2019

भदौ  १६, काठमाडौँ | नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा गएका छन् ।  

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर -उपमेयर पाँच दिने भ्रमणका लागि फिनल्याण्ड गएका हुन् । ‘भ्रमण वर्षको प्रचारप्रसार र विकास निर्माण सम्बन्धी कार्यक्रममा भाग लिने कार्यक्रम रहेको ‘विकास र प्रविधिको प्रयोगबारे पनि छलफल  हुनेछ।’ उनले भने |

मेयर र उपमेयर नै भ्रमणमा गएपछि महानगरको दैनिक प्रशासनिक लगायत कामकाज हेर्ने गरी जनप्रतिनिधिमध्ये श्रेष्ठ जेठो भएकोले बरिष्ठताका आधारमा वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!