बेलायतमा नेपाली महिलाको हत्या

Posted on: 12 Oct, 2019

असोज २५, लन्डन | बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले समेत चिनिने ३२ वर्षीया शुभेक्षा बुढाथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चार–माध्यमले जनाएका छन् ।

पोस्टमार्टम रिपोर्टमा उनलाई धेरैपटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा बाहिरिएको बताइएकोछ । मंगलबार बिहान साढे ८ बजे उनी बस्ने बर्थवल्म्यु स्ट्रिट हाइफिल्डमा प्रहरीलाई खबर गरिएको थियो । प्रहरी आइपुग्दा फातिमाको घटनास्थलमै मृत्यु भइसकेको थियो । 

इस्ट मिडल्यान्ड स्पेसनल अप्रेसन्स युनिटका डिटेक्टिभ इन्सपेक्टर मार्क सिन्सकीले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान भइरहेको जनाएका छन् । उनले केही सूचना भए उपलब्ध गराइदिन समेत अनुरोध गरेका छन् ।

दसैंका बेला भएको यस हत्याले नेपाली समुदाय स्तब्ध छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!