जम्मु-कश्मीरमा भएको आतंकवादी हमलामा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

Posted on: 02 Jan, 2020

पुस १७, काठमाडौँ | भारतीय सेनामा कार्यरत एक जना नेपाली सेनाको मृत्यु भएको छ | नयाँ बर्षको पहिलो दिनमै बुधबार भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् |

जम्मु–कश्मीरको नौशहरा क्षेत्रमा सर्च अपरेशनका क्रममा आतंकवादीहरुले हमला गर्दा भारतीय सेनामा कार्यरत गोरखाका अर्जुन थापा मगरसहित दुई सैनिकको मृत्यु भएको हो | गोरखा नगरपालिका–५ ठूले रिपका २५ वर्षीय अर्जुन पाँच वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए |

घटना बारे अर्जुनका परिवारलाई भारतीय सेनाले  जानकारी गराई सकेको छ | भने शव लिनका लागि भारतीय सेनाले बोलाएको छ | पाली सीमासम्म उनको शव भारतीय सेनाले नै ल्याइदिने जनाइएको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!