अष्ट्रेलियामा तीन नेपालीको मृत्यु

Posted on: 05 Jan, 2020

पुस २०, काठमाडौँ | अष्ट्रेलियामा दुई दिनमा तीन नेपाली मृत्यु भएको छ | शुक्रबार साँझ सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई युवाको पौडी खेल्ने क्रममा मृत्यु भएको हो |

चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ | सिड्नीबाट तीन सय किलो मिटर टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो |

रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!