अमेरिकामा ट्रकले ठक्कर दिँदा नेपाली बालकको मृत्यु, आमाको अवस्था गम्भीर

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौं | अमेरिकाको न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् | स्थानीय संचारमाध्यमका अनुसार फोहोर संकलन गर्ने ट्रकको ठक्करबाट  १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएकी हुन् |

ट्रकले श्रीजलको छाती र  मिनाको खुट्टा किचेको थियो | श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो | छोरा श्रीजललाई स्कुल पुर्याउने क्रममा ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान  सात बजेतिर ट्रकले ठक्कर दिएको  थियो |

बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ | क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आए छन् भने उनको नेपालको ठेगाना खुलेको छैन |

यस बिषयमा तपाइको प्रतिक्रिया...!