कोरोना भाइरसको आशंकामा तीन नेपाली फ्रान्सको अस्पतालमा

Posted on: 03 Mar, 2020

फागुन २०, पेरिस | कोरोना भाइरसबाट संक्रमित भएको आशंका गरि तीन नेपालीलाई फ्रान्सेली प्रहरीले नियन्त्रणमा लिएर पार्पिन्यो अस्पतालमा भर्ना गरको छ । इटालीबाट स्पेन हुँदै फ्रान्स आइपुगेका उनीहरूलाई संक्रमणको लक्षण देखिएको भन्दै गत बुधबार ओरियन्तालस्थित पेर्तुसको सीमा रक्षक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

फ्रान्सको आवासीय इजाजत नभएकाले उनीहरूको नाम सार्वजनिक नगरिएको पेर्तुसस्थित प्रहरीले जनाएको छ । स्पेनको कातालोन्य क्षेत्रका प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनीहरूलाई फ्रान्सको आर्तुसस्थित सीमा रक्षक प्रहरीको जिम्मा लगाएको थियो । 

इटालीबाट स्पेन हुँदै फ्रान्स पसे पनि युरोपेली परिषद् (सेन्जेन) को अध्यागमन नियम र सुविधाअनुसार फ्रान्स प्रहरीले इटाली फिर्ता नपठाई अस्पताल भर्ना गरको हो। आर्तुसका प्रहरीले अस्पतालसम्म निजी एम्बुलेन्समार्फत पुर्याएको थियो ।

आप्रवासी भएकाले गोपनीयताको कारण भन्दै अस्पतालका अधिकारीले पनि उनीहरूको नाम ठेगाना खुलाउन मानेका छैनन् । फ्रान्सका १२ प्रान्तमा हालसम्म एक सय ३० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने तीन जनाको मृत्यु भइसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!