कोरोनासँग जुद्दै गरेकी नेपालीले फेसबुकमा भनिन्: 'सबैले साबधानी अपनाउनुस्‌ !'

Posted on: 23 Mar, 2020

चैत १०, काठमाडौं |  बेलायतमा एक नेपाली महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको भन्दै फेसबुकमा स्टाटस पोष्ट गरेकी छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको भन्दै यो भाइरस लाग्नबाट जोगिन साबधानी अपनाउन अनुरोध गरेकी छन् । 

उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको र छिट्टै निको हुने सम्भावना नभएको बताउदै सबैलाई भाइरस लाग्नबाट सावधान रहन आग्रह गरेकी छिन् । 

उनले आफ्नो फेसबुकमा लेखेकी छिन्‌, '१० दिनको सेल्फ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।' 

उनले आफ्नो फेसबुकमा आफ्नो स्वास्थ्य अवस्थाबारे स्टाटस लेखेपछि धेरैले उनलाई स्वास्थ्य लाभको कामना गर्दै प्रतिक्रिया दिएका छन् । 

हेर्नुहोस् उनको स्टाटस जस्ताको तस्तै: 

यस बिषयमा तपाइको प्रतिक्रिया...!