कतारमा रहेका आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन दोहा बैंकफ्वारा २० लाख रियाल सहयोग

Posted on: 26 Mar, 2020

चैत १३, काठमाडौँ | कतारमा रहेको दोहा बैंकले सनैया क्षेत्रमा निगरानीमा राखिएका आप्रवासी कामदारलाई खाद्यान्‍न उपलब्ध गराउन २० लाख रियाल प्रदान गरेको छ । 

उक्त क्षेत्रमा रहेका नेपालीसहित झन्डै ५० हजार आप्रवासी कामदारलाई खाद्यान्न र औषधिजन्य सामग्री उपलब्ध गराउन उक्त आर्थिक सहयोग कतार च्यारिटीलाई दिएको छ । कतार च्यारिटीमार्फत कामदारलाई खाद्यान्न  उपलब्ध गराइनेछ ।

उच्चस्तरीय संकट व्यवस्थापन समितिले कामदारलाई खाद्यान्न अभाव हुन नदिने निर्णय गरेपछि दोहा बैंकले यो सहयोग उपलब्ध गराएको हो । कतारमा धेरै कम्पनीहरुले कामदारलाई खाना उपलब्ध गराएको छैन । यस्तो अवस्थामा कामदार आफैले खाद्यान्न जुटाउनुपर्ने हुन्छ । 

कतारले गत मार्च १७ बाट कामदारलाई आवतजावत गर्न रोक लगाएको अवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!