यूएईमा थप २ नेपालीमा कोरोना संक्रमण

Posted on: 28 Mar, 2020

चैत १५, युएई | यूएईमा थप २ जना नेपालीमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकमा दुई जना नेपालीसहित ७२ जना नयाँ संक्रमित फेला परेको उल्लेख छ । योसँगै यहाँ कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४ सय ५ पुगेको छ ।

यसअघि कोरोना संक्रमित दुईजना नेपाली उपचारपछि निको भएको कुरा सार्वजनिक भएको थियो । युएईमा शुक्रबार फेला परेका नयाँ संक्रमितहरुमा नेपाल सहित श्रील‌ंका, जोर्डन, प्यालेष्टाइन, सिरिया, इरान, कोमोरोस, चीन, साउदी अरब, काजकिस्तान, सर्भिया, ग्रीस, उरुग्वे, रोमानिया, स्विडेन, दक्षिण अफ्रिका, इराक, यमन, इथोपिया, इमराती, बेलायत, पाकिस्तान, लेबनान, भारत र बंगलादेशका नागरिक रहेको त्यहाँका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यूएई सरकारले आम नागरिकको सुरक्षा सतर्कतालाई ध्यान दिँदै मार्च २७ गते राति ८ बजेदेखि मार्च २९ गते बिहान ६ बजेसम्म लकडाउन गरिएको छ । खासगरी दिउँसो केही सार्वजनिक बस र ट्याक्सी सञ्चालनमा छन् भने राति ८ बजेदेखि बिहान ६ बजेको समयमा कुनैपनि सार्वजनिक यातायातका साधन चल्ने छैनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!