क्यालिफोर्नियाको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा नयाँ समिति गठन

Posted on: 19 Jul, 2016


विजय थापा/साउन ४, वाशिंगटन डिसी lअमेरिकाको क्यालिफोर्नियाको सन् फ्रान्सिस्कोमा स्थापना भएको कृयटिभ नेपाल युथ अर्गनाइजेशनमा गत जुलाई १७ तारिखमा नया कार्यकारी समिति सर्ब सम्मतिबाट गठन भएको छ l  सन्  २००९ मा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था युवा वर्गको प्रतिनिधित्व गर्दछ l

सामाजिक सेवामा पनि उल्लेखनीय काम गर्दै आएको संस्थाले गत बर्ष भूकम्पमा झन्डै अमेरिका बाट नेपाल १० लाख भन्दा ज्यादा आर्थिक सहयोग गरेको थियो l ​ ​ग्रिष्म कालिन बनभोजको साथै संस्थाको दोश्रो साधारण सभामा दुई बर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ l सुबाश थापाको अध्यक्ष ता नव निर्बाचित कार्य समितिमा उप सभापतिमा शशि प्रसाई तथा बबिता सिटौला निर्वाचित भएका छन् l

यसै गरि महासचिबमा पुण्य कार्की ,सचिबमा सुमेर सुब्बा ,कोषाध्यक्षमा पुस्कर रेग्मी तथा सह कोषाध्यक्षमा अन्जना भुजेल निर्वाचित भएका छन् l​ ​कार्यकारी समितिका सदस्यहरुमा क्रमस ,हेमन्त सिटौला,मोहन गुरुङ,सकुन राई,किरण आचार्य ,ध्रुब बस्याल ,महेश भण्डारी ,प्रतिमा दुलाल तथा उत्सव पन्त निर्वाचित भएका छन् l

नव निर्वाचित महासचिब पुण्य कार्कीले बनभोज कार्यक्रम सफल बनाउन सहयोग पुराउनु हुने सम्पूर्णलाई संस्थाको तर्फबाट धन्यवाद दिएका छन् l​ ​नयाँ नेतृत्वलाई सहजीकरण तथा सपथ ग्रहण गराउनु हुने सस्थाका सल्लाहाकार तथा निर्वाचन आयुक्त धर्मेन्द्र पराजुली तथा सुरेन्द्र मल्ल प्रति संस्थाले आभार प्रकट गरेको छ l

यस बिषयमा तपाइको प्रतिक्रिया...!