साइप्रसमा एक नेपाली विद्यार्थीद्वारा अर्को नेपालीको हत्या, आरोपी आफैले प्रहरी बोलाए

Posted on: 06 May, 2020

वैशाख २४, साइप्रस | साइप्रसमा एक नेपाली युवाले अर्का नेपाली युवाको हत्या गरेका छन् । साइप्रस स्थित निकोसियाको इभ्रीगाउँमा एकै घरमा बस्दै आएका दुई नेपाली युवावीच आपसी विवादका क्रममा झगडा भएको बताइएको छ । 

झगडाको क्रममा चक्कु प्रहार भएको र चितवन रत्ननगर नगरपालिका घर भएका २१ बर्षीय युवाको मृत्यु भएको हो । घरको कामको बिषयमा झगडा भएको र चक्कु प्रहार गर्ने व्यक्ति पनि २१ बर्षियनै रहेको बताइएको छ । उनिहरु बिद्यार्थी भिषामा साइप्रस पुगेका थिए । 


स्थानीय संचार माध्यमका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएपछि आरोपीले स्थानीय प्रहरीसामु आफूले गरेको घटनाको जानकारी दिँदै आत्मसमर्पण गरेका थिए । 

चक्कु प्रहारबाट गम्भीर रुपमा घाइते भएका पिडितलाई उद्दार गरि अस्पताल पुर्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर आजै अदालतमा पेस गर्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

माथिको तश्वीरहरुमा: मृतक 

यसै विषयलाई लिएर गैर आवासीय संघ साइप्रसले आफ्नो फेसबुकमा लेखेको छ 'गएरातिको घटनाले साइप्रस बासि सम्पूर्ण नेपालीहरू स्तब्ध भएका छन् भने नेपालीको नेपालीप्रतिको बिस्वासमा पनि खोट देखिएको छ । यो बिश्व महामारीको बेला मिलिजुली एकले अर्कालाइ सहायोग र सद्भाव गर्नुपर्ने बेलामा उल्टै मारेको खबरले हामी स्तब्ध मात्र होइन चिन्तित पनि छौ । अब कहाँ छ होला नेपाली पन नेपाली मन । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, मृतात्माको चिर शान्तिको कामना ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!