युएईमा रहेका नेपालीहरुको समस्या संवोधनका लागि नेपाली राजदूतावास, अबुधाबीले के-के गर्यो ?

Posted on: 07 May, 2020

वैशाख २५, काठमाडौँ | विश्वभर कोरोना महामारीको कारण लाखौँ प्रभावित भईरहेको बेला युएइस्थित नेपाली दुतावासले युएईमा रहेका नेपालीहरुको समस्या समाधान तथा सहजीकरणका लागी आफूले गरेको प्रयासहरुको बारेमा जानकारी दिएको छ । जुन निम्न अनुसार रहेका छन् । 

युएइमा बसोबास गर्ने नेपालीहरुमध्ये कतिपयको स्थास्थ्य जाँच भई कोभिड संक्रमण देखिएको र केहीलाई लक्षणहरू रहेको तर स्वास्थ्य जाँच भइनसकेको जनाउँदै स्वास्थ्य उपचारमा सहजीकरण गरिदिनका लागि यस राजदूतावासमा अनुरोध प्राप्त हुने गरेका छन् । Covid-19 सम्बन्धी स्वास्थ्य उपचारमा सहयोग गर्न भनी यस राजदूतावासमा प्राप्त भएका अनुरोधलाई संकलन गरी उपलब्ध भएका सबै माध्यमहरुको प्रयोग गरी युएइ सरकारको संबन्धित निकायमा समन्वय गर्ने कार्य गर्दै आएको छ । 

१. स्वास्थ्य उपचार सम्बन्धी जिज्ञासा भए सम्पर्क गर्न युएइ सरकारले तोकेका विभिन्न  निकायहरु जस्तै, Ministry  of Health and Prevention, Medical Operations Command Centre, Dubai Health Authority लगायत  पुलिस र एम्बुलेन्ससँग समेत दूतावासका Public Relations Officers (PROs) हरुले टेलिफोन मार्फत समन्वय गर्ने गरिएको । 

२. नेपाली नागरिकहरुबाट प्राप्त विवरणहरु नाम, उमेर, सम्पर्क नंबर, कम्पनीको नाम र चाहेको सहयोग सहितको विवरण यथाशीघ्र औषधि उपचारको ब्यवस्था गर्न अनुरोध गर्दै युएइको सम्बद्ध निकायमा नियमित रूपमा लिखित पत्राचार गर्ने गरिएको ।

 ३. महामहिम राजदूत र अन्य कूटनीतिक कर्मचारीहरुले युएइका परराष्ट्र, श्रम र स्वास्थ्य मन्त्रालयका आ-आफ्ना समकक्षीहरु/सम्पर्क व्यक्तिहरुसँग निरन्तर सम्पर्कमा रही विवरणहरु प्रेषित गर्ने गरेको ।यसरी प्रेषित गरिएको  अनुरोधअनुरुप युएइ सरकारले संक्रमित नेपालीहरुलाई अस्पताल लैजाने क्रम जारी गरेको । 

४. टेलिफोनमार्फत जानकारी र सूचना दिने, दूतावासको वेभसाइटमा पनि जानकारीहरु प्रकाशन गर्ने, सबै संक्रमितहरुको रेकर्ड राख्ने र उनीहरुको अवस्थाको बारेमा follow up गर्नुका साथै आवश्यक सहयोग गर्ने  गरिएको। 

५. यही ५ मे २०२० मा समस्यामा परी राजदूतावासमा आएका नेपालीका लागि शारजँहा सम्म यातायात प्रबन्ध गरेको । यस राजदूतावासले युएइका सम्बन्धित निकायहरूको समन्वय तथा गैरआवासीय नेपाली  संघको  सहयोगमा वहाँहरूका लागि आवासको व्यवस्था गरिएको ।

६. युएइका सम्बन्धित कम्पनीहरू एवं रोजगारीका लागि युएइ पठाउने नेपाली म्यानपावर कम्पनीसँग समन्वय गरी खानबस्न समस्यामा परेका अन्य नेपालीहरूलाई खाना र बसोबासको व्यवस्था गरिएको । 

७. यस राजदूतावास र युएइस्थित नेपाली समुदायबीच नियमित सञ्चार एवं सम्पर्क कायम गर्नका लागि दुईवटा ल्याण्डलाइन टेलिफोन र गत वर्षदेखि एक छुट्टै Receptionist कर्मचारी र Dedicated मोवाइल नम्बरको  व्यवस्था गरिएको छ । यसका साथै आधिकारिक वेभसाइट, फेसबुक पेज र इमेलमार्फत पनि सञ्चार सम्पर्क भइरहेको छ ।

८. यसरी टेलिफोन, फेसबुक पेज र इमेलमार्फत प्राप्त हुने गुनासाहरूको व्यवस्थित अभिलेखीकरण गरी समस्या  समाधानका लागि दूतावासले आवश्यक पहल गर्दै आएको छ ।

९. कोभिड-१९ ले सिर्जना गरेको विशेष परिस्थितिमा यस राजदूतावासमा दैनिक रूपमा उल्लेख्य संख्यामा फोन आउने गरेका छन् । यस परिस्थितिमा टेलिफोन सेवालाई थप सेवाग्राही-मैत्री र प्रभावकारी बनाउन  राजदूतावासका म. म. राजदूत, नियोग उपप्रमुख, श्रम काउन्सेलर, श्रम सहचारी, कूटनीतिक कर्मचारी, जनसम्पर्क अधिकृतहरू र स्थानीय कर्मचारीहरू सबैले सेवाग्राहीहरूका टेलिफोन Receive गरी सेवा प्रदान गरिरहनु भएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!