पाकिस्तानमा जहाज दुघर्टना, ९० जना यात्रुसहितको जहाज बस्तीमै खस्यो

Posted on: 22 May, 2020

जेठ ९, काठमाडौं। पाकिस्तानमा जहाज दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएको जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो । 


पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लो उडिरहेको र विमानमा रहेका ९० जना यात्रुको अवस्था खुलिनसकेको द न्युजले जनाएको छ । अहिले उद्धार सुरु भइसकेको पीआईएका प्रवक्ता अब्दुल सत्तरले जानकारी दिएको स्थानीय डन अनलाइनले जनाएको छ । 

सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन् । दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ। पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।

यस बिषयमा तपाइको प्रतिक्रिया...!